Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकार निर्वाचन नगर्न बनेको आरोप लगाउनुभएको छ ।रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार ढाल्नुको पछाडिको रहस्य तिनैवटा निर्वाचन नगर्ने उद्देश्य भएको बताउनु भयो ।

bijukce

पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको नेतृत्वको सरकार विगतमा हेरिसकेको र उनीहरुले केही गर्ने छेक छन्द नभएको भन्दै यदि देश र जनताको पक्षमा उनीहरुले राम्रो काम गरे आफ्नो भनाई उल्टो हुने र त्यसले देशलाई लाभ हुने उहाँको भनाई थियो ।

उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीको समर्थन रहेको र अब बन्ने सरकारको कामका आधारमा आफ्नो पार्टीको समर्थन निर्भर रहने भन्दै उहाँले नेपाल मजदुर किसान पार्टी प्रतिपक्षमै बस्ने बताउनु भयो ।

जसरी नेकपा एमालेको नेतृत्वको सरकारमा ओलीले सकारात्मक काम गरे जस्तै वर्तमान सरकारको प्रतिपक्षमा बसेर आफ्नो सबल भूमिका खेल्न सके कांग्रेस र माओवादी केन्द्रले गलत काम गर्न नसक्ने उहाँको भनाई छ ।

उहाँले भारतीय राजदूतको भूमिका नेपालका लागि घातक रहेको र उनलाई कारवाही गरि नेपालबाट पठाउनु पर्ने भन्दै भारतका लागि नेपाली राजदूत फिर्तासँगै उनलाई पनि बोलाउनु पर्ने भएता पनि त्यसो नभएको र नेपाल प्रतिको हेपाह प्रवृति प्रष्ट रहेको बताउनु भयो ।

नेपालमा चिनियाँ राष्ट्रपति चिया पिउन मात्रै नआउने बताउँदै उहाँले भन्नु भयो, ‘नेपाल सरकारसँग गरिएको मुख्य दूई सम्झौता रसुवागढी मार्ग र दक्षिण तराईसम्मको रेलमार्गको सम्झौता हुन्छ र त्यसले नेपाललाई लाभ हुन्छ ।’

प्रचण्डले राजीनामा आउनुअघि केपी शर्मा ओलीलाई गलत भन्ने र राजीनामा आएपछि राजनेता भन्नुले राजनीतिमा प्रचण्डको दोहोरो चरित्र रहेको पुष्टी हुने टिप्पणी गर्नुभयो । सभामुखको भूमिका अपरिपक्क देखिएको भन्दै बिजुक्छेंले सभामुखले आफ्नो भूमिकालाई निष्पक्ष राख्नसक्नु पर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया