Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

रोल्पा – पहिरोले घर पुर्दा रोल्पाको उवा–९ घुस्रीमा चार जनाको ज्यान गएको छ । घुस्रीमा नन्दबहादुर पुनको घर माथिबाट खसेको पहिरोले पुर्दा नन्दबहादुरकी श्रीमती ३७ वर्षकी मनकुमारी पुन, छोराहरु १४ वर्षका विकास, ८ वर्षका निकाश तथा ११ वर्षकी छोरी आशा पुनको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी नायब निरीक्षक देबबहादुर खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले पुरिएको व्यक्तिको शव निकालेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताउनुभयो ।

घटना मंगलबार भएको भएतापनि थबाङसँग जोडिएको दुर्गम ठाउँ भएकाले प्रहरी बुधबार मात्रै घटनास्थल पुगेको हो । यस्तै पहिरोले घर पुर्दा गुम्चाल–३ की २ वर्षकी सुनिता बिकको मंगलबार ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया