Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – ‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो, ‘ठीक छ, खुसीयाली मनाउन पाइन्छ तर खुसीयालीभित्र नेपालको अनिष्ट लुकेको छ भन्ने भ्रम नपाले हुन्छ ।’

kp

यही साउन १० गते राजीनामा दिनुभएका प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘यो खसीका साँप्रा लिएर समाजका ठूला ठालुकोमा दसैँमा टीका थाप्न वा नजराना चढाउन जाने समय होइन, यो एक्काइसौँ शताब्दी हो । सुन्दर नेपाल सबै अप्ठ्यारा सामना गरेर समृद्धिको बाटोमा अघि बढ्छ ।’

प्रधानमन्त्री ओलीको राजीनामापछि केही भारतीय सञ्चारमाध्यमले त्यहाँ खुसीयाली छाएको समाचार सम्प्रेषण गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार विभिन्न साहित्यिक तथा सांस्कृतिक पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा केही स्रष्टालाई पुरस्कृत गरेपछि प्रधानमन्त्री ओलीले घरघरमा आँसुकवि र प्रतिभा भएकाले मुलुकका रुपमा नेपाललाई चित्रित गर्दै यसले कसैलाई आफ्नो पिठ्युँमा चढ्न नदिएर स्वतन्त्रताको गौरवगाथा बनाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली समाजको सुन्दरता अनुसारको लयबद्ध विकास हुन नसक्नु दुर्भाग्य हो भन्दै ‘कहिलेकाँही अरुले सुई लगाइदिएर समाज भड्किने र मानिस उचालिने स्थिति’ रहेकामा चिन्ता प्रकट गर्नुभयो ।

‘यो नेपाली शिर उचाली, संसारमा लम्कन्छ’ बोलको राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रा नेताले यो गीत नगाए पनि मनमा सम्झिदिए हुन्थ्यो ।’ प्रधानमन्त्रीको मन्तव्यप्रति नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा उपस्थित सहभागीले तालीको गड्गडाहटबाट स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया