Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएपछि नयाँ गठबन्धनका प्रमुख घटक काँग्रेस र माओवादी केन्द्र बहुमतीय सरकार निर्माणको गृहकार्यमा जुटेका छन् । prachanda-sherbahadur

सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमाभित्र आपसमा छलफल गरी मन्त्रालय बाँडफाँडको टुंगो लगाउने दुई दलको तयारी रहेको आजको कान्तिपुर दैनिकमा खबर छ । त्यसका लािग माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र काँग्रेसबाट विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ ।

काँग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने मोटामोटी सहमति जुटे पनि कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा समझदारी बनेको छैन । ‘पार्टीमा अन्य नेताहरूको सहयोगसमेत लिने गरी मन्त्रालय बाँगफाँडमा सहमति जुटाउन दुई जनालाई जिम्मेवारी दिइएको छ ।’

स्रोतले भन्यो, ‘सात दिनको समयभित्रै मन्त्रालय टुंगो लगाउने काम हुन्छ ।’

तपाईको प्रतिक्रिया