Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

पाल्पा – पाल्पाको गोठादी गाविस–५ दमारमा पहिराले घर पुरिँदा राति निदाइरहेका एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तामबहादुर कनौजे तथा उनका श्रीमती र छोरी रहेको प्रहरीको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माथा प्रहरी चौकीको नेतृत्वमा घटनास्थलमा प्रहरी खटिएका छन् । लगातारको वर्षाले जिल्लाका अधिकांश भेगमा पहिरो गएको छ । पानी नरोकिएपछि उद्धारमा समेत समस्या देखिएको छ ।

यसैगरी सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिरोले घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तिलोत्तमा उच्च मावि दोभानमा कक्षा ९ मा पढ्ने १४ वर्षीया अस्मिता विक रहेकी छिन् ।

उता, प्युठानको लुङ गाविस–६ मा घर पुरिँदा आज दुई जनाको मृत्यु भएको छ । स्थानीय वसन्ता केसीको घर पहिरोले भत्काउँदा सिलाइ कटाइ व्यवसाय सञ्चालन गर्दै आएकी काली परियारको मृत्यु भएको हो ।

यस्तै सोही वडाकै ध्वजबहादुर पुनको घर पहिरोले पुरिँदा डेरा गरी बस्दै आएको १५ वर्षीय किरण थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया