Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

पर्वत – सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको प्रहरीले जनाएको छ ।

राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको हो । अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरू रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । duban

अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् । कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । मुलुककै सबैभन्दा ठुलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठुलो शालिग्राम शिला पनि डुबानमा परेको छ ।

पोखरा–बागलुङ, बेनी–मालढुङ्गा सडक अवरुद्ध

सोमबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पोखरा–बागलुङ सडक र पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेका छन् । कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे सडकमाथिको भिरबाट लेदो माटो खसेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रु बिच बाटामै रोकिएका छन् ।

यस्तै पर्वतको नाङ्लीवाङ गाविस–९ फर्सेमा सडकमाथिबाट आएको पहिराका कारण मालढुङ्गा–बेनी सडक राति १२ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

यसैबिच वर्षाले सदरमुकाम कुश्मा बजारमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको भवन भत्किएको छ । कार्यालय प्रमुख विष्णु पण्डितको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार्यालय भत्किँदा झन्डै रु चार लाख बराबरको क्षति भएको छ ।

तपाईको प्रतिक्रिया