Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

गुल्मी – गुल्मीमा छुट्टा–छुट्टै स्थानमा गएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ ।

गुल्मीको हस्तीचौर गाविसको माल्दीमा भीमबहादुर दर्जीको घर मंगलबार बिहान पहिरोले पुरिँदा उनकी श्रीमती ४९ वर्षीया तुलसी, बुहारी १९ वर्षीया अस्मिता दर्जी र दिदी ६५ वर्षीया कालीका दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गुल्मीकै विशुखर्क–९ मा रहेको गोपाल राणाको घर पहिरोले पुरिँदा उनका एक छोरा र एक छोरीको मृत्यु भएको छ । पहिरोमा पुरिएर राणाका ८ वर्षीय छोरा सुजन राणा र ६ वर्षीया छोरी सिमाना राणाको मृत्यु भएको हो ।

बाढी र पहिरोले गुल्मीमा भएको क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।

तपाईको प्रतिक्रिया