Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रम र आज संसदमा पेस हुने अविश्वासको प्रस्तावबारे विभिन्न दलका शीर्ष नेतासँगको छलफललाई तीव्र बनाउनुभएको छ । rastapati

सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थाल्नुभएको हो । यसैबिच, राष्ट्रपति भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । भेटमा भण्डारीले संसदले गर्ने निर्णय अनुसार नै आफू अघि बढ्ने स्पष्ट पार्नुभएको छ । भेटमा देउवाले राष्ट्रपति भण्डारीलाई नयाँ सरकार गठनबारे विवादमा पर्ने काम नगर्न आग्रह गर्नुभएको देउवा निकट स्रोतले जनायो ।

सभापति देउवाले राष्ट्रपतिलाई संसदको निर्णय जे आउँछ त्यही अनुसार नै अघि बढ्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारी र काँग्रेस सभापति शेरबहादुर देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रम, अविश्वासको प्रस्ताव लगायतका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनपछि नयाँ सरकार गठनका लागि संसदको सिफारिसमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रावधान छ । काँग्रेस सभापति देउवासँगको छलफलपछि राष्ट्रपति भण्डारीले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिरहनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया