Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – व्यवस्थापिका संसदको बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा केही बेरमा (बिहान ११ बजे) बस्ने बैठकमा काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संसदमा पेस गरेको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिन नाम टिपाउनुभएका सांसदहरुले बोल्नुहुनेछ ।

 .

सांसदहरुले उक्त प्रस्तावमाथि बोल्ने क्रम सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उठेका प्रश्नको जवाफ दिनुहुनेछ । प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिएपछि आइतबार नै अविश्वासको प्रस्तावमाथि मतदान हुने संसद सचिवालयले जनाएको छ । ओलीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित हुने दाबी काँग्रेस एमालेका नेताहरूले गरेका छन् ।

ओली नेतृत्वको मुख्य घटक माओवादी केन्द्रपछि सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल सरकारबाट बाहिरिएर अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णयसँगै अविश्वासको प्रस्ताव बहुमतले पारित हुने लगभग पक्कापक्की भएको छ ।

अविश्वासको प्रस्तावको पक्षमा नेपाली काँग्रेससहित १३ दलको समर्थनमा असार २९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता अविश्वास प्रस्तावको सूचना दर्ता गराउनुभएको थियो । अविश्वासको पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया