Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – संसदमा सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा व्यवस्थापिका संसदमा आज पनि छलफल सुरु भएको छ । प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।samsad

बैठकको सुरुमै बोल्दै नेपाली काँग्रेसका सांसद रमेश लेखकले नेपालको संविधानले नयाँ प्रधानमन्त्री चुन्ने प्रसस्त बाटो राखेको स्पष्ट पार्नु भयो । लेखकले संविधानको धारा २ सय ९८ ले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव राख्न सक्ने, एउटा प्रधानमन्त्रीविरुद्ध ६ महिनाभित्र दोस्रो अविश्वासको प्रस्ताव राख्न नसक्ने जस्ता व्यवस्थाले अर्को प्रधानमन्त्री चुन्ने मार्ग प्रसस्त गरेको भए पनि सत्तारुढ दल एमालेले कामचलाउ सरकारका रुपमा टाँसिरहन खोजेको आरोप लगाउनु भयो ।

वर्तमान सरकारले देखिन लायक र सम्झिन लायक कुनै काम नगरेको तर विभिन्न निकायमा पार्टीका कार्यकर्ता मात्रै भर्ना गरेको आरोप लगाउनु भयो । बैठकमा सत्तारुढ दलका तर्फबाट बोल्दै एमाले सांसद तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाउन नमिल्ने बताउनु भयो । उहाँले माओवादी केन्द्र पनि यसअघि सरकारमा रहेकाले उसले यस्तो आरोप लगाउँन नमिल्ने स्पष्ट पार्नु भयो ।

हिजोको संसद बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि हिजोदेखि उक्त प्रस्तावमाथि छलफल सुरु भएको हो । उक्त प्रस्तावमाथि भोलिसम्म छलफल जारी रहने र त्यसपछि मतदान मार्फत उक्त प्रस्तावको टुंगो लगाइने छ ।

तपाईको प्रतिक्रिया