Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संसदमा पेस गरेको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

शुक्रवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि सभामुख ओनसरी घर्ती मगरले छलफलका लागि तीन दिनको समय तोक्नुभएको हो ।

छलफल सकिएपछि अविश्वासको प्रस्तावलाई संसदमा निर्णयार्थ प्रस्तुत गरिनेछ । सभामुख घर्तीले अविश्वासको प्रस्तावमाथि छलफलका लागि साउन ७, ८ र ९ गतेका लागि समय तय गर्नुभएको छ ।

साउन १० मा छलफल सकिए लगत्तै अविश्वासको प्रस्तावलाई संसदमा मतदान गराइनेछ ।

तपाईको प्रतिक्रिया