Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ नेपाल) मा चुनावी माहोल तातेको छ । यही साउन १६ गते हुने महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरुले घोषणा गर्ने समेत थालेका छन् ।

हालसम्म अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष दामोदर दाहाल, वर्तमान महासचिव राजकुमार थापा, ध्रुव सिंखडा र कमल सापकोटाले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । त्यस्तै, उपाध्यक्षमा हालसम्म कसैको नाम पनि नआएकाले सर्वसम्मति हुने बताइएको छ । यस्तै महासचिवमा वर्तमान कोषाध्यक्ष दीपक खनाल, वर्तमान सचिव बासु पाण्डे र गगन राज न्यौपानले उम्मेदवारी दिने बताउनुभएको छ ।Vit

अरू पदका लागि पनि प्रतिस्पर्धा तीव्र रहेको भिटोफका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । हालसम्म अध्यक्ष पदका लागि चारजनाको नाम चर्चामा रहेपनि वर्तमान महासचिव राजकुमार थापालाई भने बलियो उम्मेदवारका रूपमा हेरिएको छ । ‘जय पर्यटन, जय भिटोफ’को नारा लिएर चुनावी मैदानमा ओर्लिनुभएका थापासँग लामो समयको अनुभव समेत रहेको छ । यद्यपि अध्यक्षका अन्य उम्मेद्वारहरुले पनि आफूले भिटोफका धेरै काम गरेकाले चुनाव जित्ने बताँउदै आउनुभएको छ ।

यस्तै महासचिवमा पनि तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पर्यटन व्यवसायीहरुको संस्थाका रूपमा २०५४ सालमा स्थापना भएको भिटोफ नेपालका पाँच सयभन्दा बढी सदस्य रहेका छन् । पर्यटन व्यवसायीहरुको यस संस्थाको चुनावी निर्णयले राजनीतिक स्तरमा समेत ठुलै प्रभाव पार्ने अनुमान गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया