Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – जर्मनीको म्युनिख शहरमा गरिएको हमलामा ९ जनाको मृत्यु भएको छ । हमलामा अन्य कैयौ घाइते भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । 1

स्थानीय समय अनुसार शुक्रवार बेलुका ६ बजेतिर ओलम्पिया शपिङ सेन्टर नजिकै हमलाकारीहरुले गोली चलाएको बताइएको छ । प्रहरीले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर नजान भनेका छन् । ओलम्पिया क्षेत्रमा ठुलो स्तरको सुरक्षा कारबाही जारी राखिएको बीबीसीले जनाएको छ । प्रहरीले ‘अत्यन्तै गम्भीर आतंककारी परिस्थिति’ भनेको उक्त घटनाका प्रत्यक्षदर्शीहरुले बन्दुक बोकेका तीनजना हमलाकारीहरुलाई देखेको बताएका थिए ।

हमलाकारीहरुको खोजी भैरहेको प्रहरीको भनाइ छ । अहिलेसम्म हमलाको जिम्मा कसैले लिएको छैन । म्युनिख सहरको आकाशमा प्रहरीका हेलिकोप्टरहरु उडीरहेका छन् र विशेष तालीमप्राप्त दस्तालाई तैनाथ गरिएको छ ।

सार्वजनिक यातायात बन्द गरिएको छ र शहरको केन्द्रीय रेलवे स्टेसनलाई खाली गराइएको छ । हमला लगत्तै जनजीवन अस्तव्यस्त भएको थियो । डराएका मानिसहरू सुरक्षित ठाउँको खोजी गर्दै यताउता भागेका थिए । -एजेन्सी

तपाईको प्रतिक्रिया