Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेबिसंघ) का नेताहरूले महाधिवेशनका लागि जिल्ला र क्याम्पस प्रतिनिधि र नेतृत्व सम्बन्धी विवाद समाधान गर्ने तत्काल विधि अवलम्बन नगरे अनशन बस्ने चेतावनी दिएका छन् । 13816842_1232796496772449_1377191954_n

नेबिसंघ केन्द्रीय सदस्य तथा समस्या समाधान कार्यदलका सदस्य जीत शेरचनको नेतृत्वमा महाधिवेशन पक्षधर नेताहरूले पत्रकार सम्मेलन गरी बिधिवत महाधिवेशनका लागि प्रतिनिधि विवाद सहितका समस्या नटुंग्याए अनशन बस्न बाध्य हुने चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै हालसालै मात्र विभिन्न जिल्लामा नेबिसंघको संगठन बुझेर राजधानी फर्कनुभएका नेबिसंघका नेता युवराज पाण्डेले ११ जिल्ला र उपत्यकाका धेरै क्याम्पसमा अधिवेशनको प्रक्रिया नै सुरु नभएकाले आम विद्यार्थीमा बिधिवत महाधिवेशन हुनेमा शंका रहेको बताउनुभयो ।

आफूहरु बिधिवत महाधिवेशनमा रहेकाले तत्काल समस्या समाधान गर्नुपर्ने पाण्डेको भनाइ थियो । पत्रकार सम्मेलनमा नेबिसंघका अर्का नेता बलदेव तिमिल्सनाले कतिपय ठाउँहरूमा भागबण्डाकै आधारमा भएको फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाइएकाले ती समस्याहरू समाधान नगरे आफूहरु अनशन बस्न बाध्य हुने बताउनुभयो ।

सम्मेलनमा नेबिसंघ बिधिवत महाधिवेशनका पक्षधर, जीत शेरचन, युवराज पाण्डेय, बलदेब तिमिल्सिना, गणेश सापकोटा, कुन्दनराज काफ्ले, डिल्लीराम सुबेदी लगायतका नेताहरूको उपस्तिथी रहेको थियो । नेबिसंघ महाधिवेशन यही साउन २३ देखि २५ सम्म राजधानीमा गर्ने घोषणा गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया