Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३८ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । 1469149963Pushpalal

पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लाग्नुभयो ।

राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली मार्कसवादी विश्लेषकको पहिचान दिनुभएको छ ।

पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।

तपाईको प्रतिक्रिया