Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – आर्थिक विधेयक र प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव कुन पहिले अघि बढाउने भन्ने विषयमा कुरा मिल्न नमिलेपछि प्याकेजमै सहमति खोज्न भन्दै शीर्ष दलहरू शुक्रवार पनि छलफलमा जुटेका छन् ।

दलहरुबीच सहमति जुट्न नसकेपछि बिहीबार स्थगित गरिएको संसद बैठक शुक्रवार दिउँसो २ बजेका लागि बोलाइएको छ । संसद बैठक अघि प्याकेजमै सहमति जुटाउने प्रयास स्वरूप दलहरू बिहानैदेखि पार्टीभित्र आन्तरिक छलफलमा जुटेका हुन् । ee

आन्तरिक छलफल सकिएपछि संसद बैठक बस्नु अघि दुई पक्षीय र त्रिपक्षीय छलफल हुनेछ । यसअघि बिहीबार शीर्ष दलबीच भएको छलफलमा काँग्रेस नेता रामचन्द्र पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव राख्नुभएको थियो ।

पौडेलको यो प्रस्तावले राजनीतिमा नयाँ तरंग पनि पैदा गरेको छ । सरकार पक्षीय दलहरूले संसदले पास गर्न बाँकी रहेका तीनवटा आश्रित विधेयकलाई पहिले पारित भएपछि मात्रै अन्य विषयमा छलफल गर्नु पर्ने अडान राखेको छ ।

तर, माओवादी–काँग्रेस गठबन्धनले भने प्रधानमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले त्यसलाई नै अघि बढाउनु पर्ने अडान राखेका छन् ।

तपाईको प्रतिक्रिया