काठमाडौँ – नेपाली काँग्रेसले आफ्ना सांसदहरुलाई अनिवार्य रूपमा संसदमा उपस्थित हुन निर्देशन दिएको छ ।
संसद भवन परिसरमा रहेको बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सांसदहरुलाई पार्टीको निर्णयमा तलमाथि नगर्न पनि निर्देशन दिनुभएको छ ।
देउवाले परिस्थिति हरेर आफूले कुनै पनिबेला निर्देशन दिन सक्ने भन्दै त्यस अनुसार अघि बढ्न सांसदहरुलाई आग्रह गर्नुभयो । वैठकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल पार्ने निर्णय पनि गरेको छ ।
संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्ष समेत वैठकले निकालेको हो । प्रधानमन्त्रीले अल्पमतमा हुँदा पनि राजीनामा नगरेर रातारात मन्त्रीपरिषद वैठक डाकेर महत्वपूर्ण विषयमा निर्णय गर्नु गैरजिम्मेवारपूर्ण काम भएको नेता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।