Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

महोत्तरी – पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले परम्परागत संसदीय पद्धतिको फोहोरी खेल संसदमा सुरु भएको बताउनुभएको छ ।

नयाँ शक्तिको साङ्गठनिक कामले महोत्तरीको बर्दिबास आईपुग्नुभएका डा भट्टराईले आज बिहान सञ्चारकर्मीसँगको कुराकानीमा सरकार बनाउने र ढाल्ने गलत परम्पराले स्थिर सरकार बन्न नसक्दा विकास कार्य अस्तब्यस्त हुने गरेको बताउनुभयो । ‘हाम्रोजस्तो मुलुकमा स्थिर र जनमुखी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हुनुपर्ने हाम्रो भनाइको औचित्य संविधान घोषणाको नौ महिनामै पुष्टि भयो’ डा भट्टराईले भन्नुभयो । baburam-bhattarai1

‘वर्तमान सरकार जनतालाई सुशासनको अनुभूति दिन, भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन र वैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित राख्न असफल त भएकै हो’ डा भट्टराईले अगाडि भन्नुभयो, ‘तर, यसलाई ढाल्न उद्यत् दलसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका भने छैन ।’

पछिल्लो पटक देखिएको अविश्वास प्रस्ताव अमुक/अमुक दलको सत्ता चढ्ने भर्‍याङ्को रङ्गमञ्चमात्र रहेको डा भट्टराईको भनाइ छ । मुलुकको अहिलेको आवश्यकता आर्थिक समृद्धि रहेको बताउँदै डा भट्टराईले आफ्नो अभियान यही अभिष्ट प्राप्तिमा केन्द्रित रहेको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया