Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

म्याग्दी – म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधवार दिउँसो पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएका हो ।

त्यसैगरी, धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको छ । स्थानीयका अनुसार गत सालको पहिरोले क्षति पुर्‍याएका घर र गोठ बुधवारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन । पहिरो गएलगत्तै जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरीको टोली घटनास्थलमा पठाइएको र प्रहरीले सतर्क रहन आग्रह गर्दै माइकिङ गरेर फर्केको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

खड्काले पहिरोले घरगोठ बगाएको बारेमा आफूलाई कुनै जानकारी नआएको बताउनुभयो । विगत पाँच वर्षदेखि तोराखेतमा पहिरो खस्दै आएको छ । पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन् । बुधवार पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो । पुरानो पहिरो भए पनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका वडा नं. ४ बगरफाँटसमेत जोखिममा परेको छ ।

जिल्लाकै ठुलो दीर्घकालीन असरपार्ने पहिरोको रूपमा समेत चिनिएको तोराखेत पहिरोले विस्थापित भएकाले विगतदेखि नै उचित स्थानको माग गरे पनि सम्बन्धित निकायबाट सहयोग नभएको गुनासोसमेत गर्ने गरेका छन् । पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाएपछि त्यहाँका १२ घर परिवार घरजग्गाबिहीन बनेका छन् । विगतका वर्षमा गएको पहिरोले २० घर विस्थापित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया