Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । 1

बुधबार विहान प्रचण्ड निवास पुग्नुभएकी सभामुख घर्तीलाई अध्यक्ष प्रचण्डले पहिला अविश्वासको प्रस्तावलाई अघि बढाउन सुझाव दिनुभएको हो । भेटमा सभामुख घर्तीले दलीय सहमति भएमा सोही अनुसार संसदको कार्यसूची तय गर्न आफू तयार बताउँदै सहमति नभएका यसअघि सुचित कार्यसूचीलाई नै अघि बढाउन बाध्य हुने जानकारी गराउनुभयो ।

जवाफमा प्रचण्डले दलहरुबीच सहमतिको वातावरण बनाउन आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै सभामुखले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया