Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

महोत्तरी – निवर्तमान शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले लगातार सरकार परिवर्तन भइरहने मुलुकको परिपाटीले विकास पूर्वाधारमा प्रतिकूल असर पुर्‍याएको बताउनुभएको छ ।

महोत्तरी क्षेत्र नं १ का सांसद समेत रहनुभएका पोखरेलले आफ्नै क्षेत्रको बर्दिबास नगरपालिकाले आयोजना गरेको स्वच्छ एवम् ‘ग्रिन सिटी’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकको विकासका लागि स्थिर र जनमुखी सरकार आवश्यक हुने बताउनुभयो ।

भर्खरै आफैँ सम्मिलित सरकारबाट बाहिरिएर प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका एक हस्ताक्षरकर्ता रहनुभएका पोखरेलले दिगो सरकार बन्न नसक्नु राजनीतिक दल र सरकारको अयोग्यता भएको उल्लेख गर्नुभयो ।

कुनै ठाउँको विकास सरकारी अनुदानबाट मात्र हुने सोचले मुलुक अपेक्षितरुपमा उँभो लाग्न नसकेको उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया