Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

क्यानडा – प्रत्येक वर्षको जुलाई महिनामा क्यानडाको क्यालगरी सहरमा आयोजना गरिने स्टम्पिडमा यस पटक पनि स्थानीय नेपाली समुदायले विभिन्न नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । 13627088_1656288748026395_2909686285063257274_n

नेपालका विविध संस्कृति झल्कने गरी विभिन्न पोशाकमा सजिएर समुदायका सदस्यहरू झाँकीमा उपस्थित भएका थिए भने स्थानीय कलाकारहरूले नेपालीको वीरता झल्काउने खुकुरी नृत्य लगायतका आकर्षक नृत्यहरूले अझ नेपालीपन झल्काएको थियो । नेपाली प्रदर्शनीलाई परेडमा उपस्थित बहुसांस्कृतिक समुदायले विशेष रुचिका साथ अवलोकन गरेको एनसीएससीका अध्यक्ष ध्रुब राईले समुद्रपारिलाई जानकारी दिनुभयो । 13600193_1656288831359720_980011574192312661_n

दुई सय वर्षभन्दा लामो इतिहास बोकेको क्यालगरी स्टम्पिड दस दिन सम्म रोडियो, परेड, संस्कृतिक झाँकी, र नाचगान गरी मनाइन्छ । क्यालगरी स्टम्पिड संसारको सबभन्दा ठुलो ‘आउटडोरसो’ मानिन्छ । जसमा संसारभरका झन्डै दशलाख मानिस सहभागी हुने गर्दछन् । 13600208_1656288764693060_6407243522208440243_n

क्यानडामा ‘भिजिबल माइनोरिटी’ को रूपमा रहेको नेपाली समुदायका तर्फबाट पहिलो पटक सहभागिता जनाउन पाउँदा नेपालीको सांस्कृतिक पहिचानलाई क्यानडामा स्थापित गराउन थप मदत पुगेको र यसले नेपालको पर्यटन प्रवर्धनमा समेत अप्रतक्ष्य रूपमा टेवा पुर्‍याउने विश्वास लिइएको सीएनसीएका अध्यक्ष दिव्य प्रधानले बताउनुभयो । 13631592_1656288714693065_7963922310164450239_n

आगामी वर्षहरूमा पनि नेपाली समुदायको सहभागितालाई निरन्तरता दिइने अध्यक्ष राईले बताउनुभयो । 13600067_1656288868026383_1899325960930123608_n

भिडियो : 

तपाईको प्रतिक्रिया