Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

रुकुम – रुकुमको रुघा गाविस–५ का जगतबहादुर खड्काले आज बिहान आफ्नै श्रीमती र सासुको कुटपिट गरी हत्या गरेका छन् ।
सामान्य विवाद हुँदा खड्काले श्रीमती नौमति खड्का र सासु ओपी ओलीको हत्या गरेकत्रो प्रहरीले जनाएको छ । खड्काकी सासु ओपी केही दिनअिघ मात्र छोरीको घर आएकी थिइन् । अभियुक्त खड्काले लाठीले हिर्काएपछि घटनास्थलमै दुवैको ज्यान गएको प्रहरीले बताएको छ । सासु र श्रीमतीको हत्या गरेका खड्कालाई गाउँलेले घरमै बाधेर राखी प्रहरीलाई खबर गरेका थिए ।
खड्काका दुई छोरा र एक छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया