Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक यही साउन ११ गते बस्ने भएको छ ।

बैठकले राप्रपा नेपालसँग पार्टी एकीकरणका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तथा एकीकरणपछि पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता तथा भ्रातृ सङ्गठनका भूमिका लगायत विषयमा छलफल गर्ने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । बैठकले मुलुकमा अहिले विकसित भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा समेत छलफल गर्नेछ । rpp

दुवै पार्टीले मुलुकमा हिन्दु धर्म कायम गर्ने सैद्धान्तिक समझदारी कायम गरेपछि एकीकरणको प्रक्रिया अगाडि बढेको हो । एकीकरणपछि हुने पहिलो महाधिवेशनले गणतन्त्र तथा सङ्घीयताका विषयमा गर्ने निर्णय नयाँ पार्टीले आधिकारिक रूपमा स्विकार्ने र त्यसलाई अगाडि बढाउने छन् । पार्टी एकीकरणका लागि सो पार्टीबाट महामन्त्री बुद्धिमान तामाङ तथा राप्रपा नेपालबाट उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा कार्यदल गठन गरी विभिन्न समयमा छलफल भइसकेको छ ।

पछिल्लो समय दुवै पार्टीका अध्यक्षका बिच अनौपचारिक छलफलमा अब चाँडो एकीकरण गर्ने समझदारी भएको थियो । राप्रपा नेपालले पनि सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया