Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्यसूचीमा राख्न आग्रह गर्नुभएको छ । kp and onsari

प्रधानमन्त्री ओलीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । गत असार २९ गते नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस सहितका दलले संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएपछि व्यवस्थापिका–संसद्को बैठक बस्न सकेको छैन ।

उक्त दिन आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक, २०७३ र ऋण तथा जमानत (२१औँ संशोधन) विधेयक,२०७३ मा छलफल गर्ने कार्यसूची थियो । सभामुखले अविश्वासको प्रस्तावमा यही साउन ६ गतेदेखि छलफल हुने जानकारी गराएपछि सत्तापक्ष र विपक्षीबीच कुन प्रस्तावलाई प्राथमिकतामा राख्ने भन्ने विषयमा मतभेद हुँदै आएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सभामुख घर्तीले आफूले उक्त विषयमा विभिन्न दल र सम्बन्ध पक्षसँग परामर्श गरिरहेको र सकेसम्म सहमतिका आधारमा अघि बढ्ने विश्वास दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया