Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

भक्तपुर – सूर्य्विनायक नगरपालिका सिपाडोलस्थित आशापुरी महादेव मन्दिर र केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि एकमहिने मेला सुरु भएको छ ।
मेलामा आजैदेखि घुइँचो लागेको छ ।

डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आज सूर्य्विनायक–६ स्थित चन्द्रविनायक गणेश मन्दिरबाट डोलेश्वर महादेव मन्दिरसम्म कलशयात्रा गरेर मेलाको शुभारम्भ गरेको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

ww

आगामी भदौ ६ गतेसम्म लाग्ने मेला अवधिभर गणेश पुराण पञ्चाध्यायी, शिवपुराण, श्रीमद्भागवत, धार्मिक प्रवचन, विभिन्न धार्मिक गुरुबाट प्रवचन कार्यक्रम रहेको मेला आयोजना समितिका संयोजक एवम् विकास समितिका उपाध्यक्ष सूर्यबहादुर खाइतुले जानकारी दिनुभयो ।

त्यसैगरी साउन सुरु भएपछि आजैदेखि सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा पनि एकमहिने मेला सुरु भएको छ । आशापुरी महादेव मन्दिरमा साउनमा मेला भरेमा मनले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ । छोराको चाहना गर्ने दम्पतीले कामना गरेमा पुग्ने जनविश्वास रहेको स्थानीयवासी रामेश्वर फुयाँलले बताउनुभयो ।

आशापुरी महादेव मन्दिरमा साउनभरि पूजापाठ गर्ने, रुद्री– होम लगाउने र व्र्रत बस्नेको भिड लाग्ने गरेको छ । यहाँ भक्तपुर, ललितपुर, काठमाडाँै र काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा बसोवास गर्दै आएका दर्शनार्थी आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया