Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

ताप्लेजुङ – ताप्लेजुङको सवादिन गाविसमा पहिरो खसेपछि तमोर नदी थुनिएको छ । nadi

शनिबार राति परेको पानीले पहिरो जाँदा नदी थुनिएको हो । नदी थुनिएर नदीको धार परिवर्तन हुँदा नदी किनारमा रहेका तीन वटा बजार जोखिममा परेका छन् । नदी थुनिदा फुरुम्बु गाविसमा रहेको मितलुङ बजार नजिकै भएर बग्न थालेपछि मितलुङ बजारसहित तमोर नदी किनारमा रहेका हान्द्रुङ र दोभान बजार पनि जोखिममा परेको हो ।

अहिले नदीको धार परिवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले सँगै रहेको मितलुङ बजारसहित केहि किलोमिटर तल नदी किनारमा रहेको दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया