Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ ।hello-sarkar

हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ ले कर्मचारीहरु भने हैरान भएका छन् । एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भन्नुभयो,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन् । जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ ।’

उहाँका अनुसार धेरैजसो फोन बच्चाको आउने गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । कर्मचारीले रिसिभ गर्दा उनीहरुले सोध्छन्,‘बाबा तपाई कहिले आउनुहुन्छ?’ उपसचिव उपाध्यायको अनुमानमा बच्चाहरुले बाबुसँग गफ गर्न खोजेका तिनका आमाहरुले हेल्लो सरकारमा फोन लगाएर बच्चालाई दिन्छन् ।

धेरै मध्ये यस्ता बच्चाका बाबु विदेश रहेको अनुमान गर्न सकिन्छ । एकाईले बारम्बार ‘ब्लफकल’ गर्नेलाई कारबाही गर्नेबारे सोचे पनि व्यवहारिक रुपमा सम्भव नहुने भएपछि त्यसबारे केही निर्णय गरेको छैन ।

तपाईको प्रतिक्रिया