Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

अफगानिजस्तान – अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोसँग आबद्ध सैनिकले गरेको हवाई आक्रमणमा एक दर्जन आतङ्ककारी मारिएका छन् ।
अफगानिस्तानको नान्गाहार प्रान्तको प्रान्तीय सरकारले सो सम्बन्धमा जानकारी दिएको हो । गत राति कोट जिल्लाको लागहार्ज इलाकामा अन्तर्राष्ट्रिय सेनाद्धारा गरिएको हवाई आक्रमणमा ती आतङ्ककारीहरु मारिएका बताइएको छ ।
उक्त कारबाहीको क्रममा भारी मात्रामा हातहतियार पनि कब्जा गरिएको जनाइएको छ । यस आक्रमणमा परी आइएसका समूह कमाण्डरलगायत १२ जनाको मृत्यु भएको प्रान्तीय सरकारद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । आइएस समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् ।
नान्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबाद सहरबाट १२० किलोमिटर पूर्वमा काबुल पर्दछ । यस क्षेत्रमा सन् २०१५ को सुरुबाट नै सुरक्षाबल र आइएस आतङ्ककारी समूहबीच झडप भईरहेको छ । पछिल्लो समयमा पनि सो क्षेत्रमा व्यापक मात्रामा कारबही भइरहेको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया