Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

गोरखा – उत्तरी गोरको दुर्गम केरौंजा गाविस–३ स्थित केरौंजाबेँसीमा पहिरो खस्दा बाटो बनाउन हिँडेका तीन जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको छ ।
फलिम्पुमा गोरेटो बाटो बनाउन जाँदै गरेका केरौंजा–३ का १५ वर्षीय सन्दीप (सन्देश) घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया गुरुङको पहिरामा पुरिँदा मृत्यु भएको हो । आज बिहान ११ बजे झरेको पहिरामा परी केरौंजा–४ का ४० वर्षीय टुङ्गे गुरुङ, कृष्ण (उकाल) गुरुङ र सुकराम घले घाइते भएका छन् । उनीहरुमध्ये घलेको अवस्था गम्भीर रहेको स्थानीयवासी दीपक गुरुङले बताउनुभयो ।
घाइतेको टाउको, हातगोडालगायत अङ्गमा चोट लागेको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेलाई उपचार गर्न माछाखोलास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ । पहिरोमा ज्यान गुमाएकाहरुको शव पहिरो बाहिर निकालिएको प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर माछाखोलातर्फ पठाइएको प्रजिअ नारायणप्रसाद भट्टले बताउनुभयो ।
घाइतेलाई उपचारका लागि काठमाडौँ लगिने उहाँको भनाइ छ । अविरल वर्षाका कारण केरौंजाको चारैतिर पहिरो झरेको छ । पहिराले अवरुद्ध बाटो मर्मतका लागि जाने क्रममा स्थानीयवासी पहिरामा परेको बताइएको छ । केरौंजामा सडकको पहुँच छैन । बाटो खन्नका लागि जाँदै गरेका अन्य ३० जनाभन्दा बढी गाउँले सुरक्षित छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएकाहरुको उद्धार गरिएको हो ।

तपाईको प्रतिक्रिया