Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

जाजरकोट – “हामी गरिबलाई के थाहा र ? कमाइ गर्न गएको छोरो कहाँ काम गथ्र्यो ? कस्तो कम्पनीमा काम गथ्र्यो ?”
मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने – “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र ?” वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइसक्दा पनि लास ल्याउन नसकेपछि शोकमा डुबेको परिवारमा समस्या बढेको छ । रामबहादुरका बाबु कलेले लास कसरी झिकाउने र कहाँ सम्पर्क राख्ने केही थाहा नभएकाले आवश्यक पहल गरिदिन सरकारसँग माग गर्नुभएको छ ।
जाजरकोट गर्खाकोट–६ का रामबहादुरलाई २०७१ माघमा वैदेशिक रोजगारीका लागि लक्की ओभरसिज काठमाडौँ म्यानपावर कम्पनीले मलेसियाको पिजी क्लिनिङ सर्भिस कम्पनीमा पठाएको थियो । सो कम्पनीमा वैदेशिक रोजगार संस्थाले भने जस्तो काम र तलब नपाएपछि त्यहाँबाट भागेर उनले अर्को कम्पनी असरस सेक्युरिटी सर्भिसमा गैरकानुनी हिसाबले काम गर्न थाले । घर खर्च चलाउनलाई श्रीमतीका नाममा पैसा पठाएर गएर फर्किंदा मोटरसाइकल दुर्घटना परी घाइते भएका रामबहादुरको अस्पतालमा उपचार हुँदै गर्दा यही असार ११ गते ज्यान गएको हो ।
कम्पनीबाट भागेर काम गरेको र जवाफदेहिता कम्पनीको निश्चित नभएकाले लास नेपाल ल्याउन समस्या भएको छ । रामबहादुरको उपचार गर्ने क्रममा अस्पतालमा खर्च भएको नेपाली रु ५० हजार पनि कम्पनीले नतिरिदिएपछि अस्पतालले लास र परीक्षणको प्रतिवेदनसम्म नदिएको बाबु कलेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया