Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – त्रिभुवन विमानस्थलमा यात्रुसँग हिमचिम बढाउन थालेलगत्तै नेपाल एयरलाइन्सका सिनियर टेक्निसियन सुरेशकुमार दास पायामाथि प्रहरीले निगरानी बढाउन थालिसकेको थियो । biman stal

जब उनी विमानस्थलको स्टेराइजर हल नजिकैको शौचालयभित्र छिरे तब पक्राउ गरियो । र उनको साथबाट बरामद गरियो ४ हजार ४ सय अमेरिकी डलर । शौचालयमा नेपाल एयरलाइन्सका इन्जिनियर रञ्जितलाल विष्टलाई पछि फिर्ता गर्ने गरी उक्त रकम दिँदै गर्दा आइतबार उनी प्रहरीद्वारा गिरफ्तार भएका हुन् । केही दिनअघि मात्रै अवैध अमेरिकी डलरसहित विमानस्थलकै अर्का कर्मचारी पनि पक्राउ परेका थिए ।

विमानस्थल सफाइ कर्मचारी भरत सञ्जेल ८ हजार अमेरिकी डलरसहित असार ७ मा पक्राउ परेका थिए । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज क्षेत्रका पास होल्डर उनीबारे गेटमा शंका लागेर जाँच गर्दा ८ हजार अमेरिकी डलर फेला परेको आजको कान्तिपुर दैनिकमा खबर छ । सुरक्षा गार्डका प्रमुख डीआईजी गोविन्दप्रसाद निरौलाका अनुसार पक्राउ समय र स्थान फरक फरक भए पनि यी दुवैको अपराध एकै हो ।

निरौलाका अनुसार प्रारम्भिक अनुसन्धानमा यी दुवैले विभिन्न एजेन्टसँग मिलेर आपराधिक गतिविधि गरेको खुलेकाले सञ्जाल भत्काउन महानगरीय प्रहरी अपराध महाशाखामार्फत थप अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया