आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

bidurजसलाई माया गरेथेँ यो जिन्दगीलाई जसरी ।
उसैले घृणा गरेर गै अपराधीलाई जसरी ।।

मैले कहिल्यै तिम्रो तस्बिरलाई एक्लो छोडेको छैन ।
बोकेको छु यो छोड्नै नमिल्ने बैसाखीलाई जसरी ।।

तिमीले गाली गर्दै लेखेका हरेक शब्द राखेको छु ।
जतन गरेर राखिन्छ शिरमा फूलपातीलाई जसरी ।।

तिमीले पो छोडेर गयौ चरीले डाली छोडे जस्तो ।
तिम्रा यादहरुले घेरेका छन् बन्दीलाई जसरी ।।

सधैँ तिमीले आफ्नो इज्जत जोगाएको हेर्न चाहन्छु ।
यी आँखाहरुले जोगाएका छन् नानीलाई जसरी ।।

तपाईको प्रतिक्रिया