काठमाडौँ – गोली प्रहारबाट घाइते हुनुभएकी बेलायत लेवर पार्टीकी सांसद जो काक्सको मृत्यु भएको छ ।
उत्तरी इंग्ल्याण्डस्थित आफ्नो गृह जिल्लामा राजनीतिक कार्यक्रमको तयारी गर्दा गर्दै एक आक्रमणकारीले सांसद जो कोक्समाथि गोली प्रहार गरेको थियो । गोली लागेर घाइते भएकी सांसद कोक्सलाई हमलाकारीले छुरा प्रहार समेत गरेको थियो ।
सांसद कोक्सको अस्पतालमा मृत्यु भएको हो । एक ५२ वर्षीय व्यक्तिलाई उक्त आक्रमणको अभियोगमा पक्राउ गरिएको छ । सन् १९९० यता बेलायतमा बहालवाला सांसद हत्या गरिएको यो पहिलो घटना हो ।
यसअघि नर्दन आइरिश विद्रोहीको आक्रमणमा ईयान गो मारिएका थिए । –एजेन्सी