आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

कोही हुन्नन, साहरा विदेशमा
भन्दैनन् दुःखमा, कठैबरा विदेशमा ।

मीठो बोल्दै, राम्रै काम गरेपनि
साहुले किट्छ, दाह्रा विदेशमा ।

नेपाली भनि, मन मुटु साटेपनि
तिनै हुन्छन्, भाईमारा विदेशमा

पछि दिन्छु भनि, लिन नखोजे
पाईँदैन केही, उधारा विदेशमा

स्वदेशमा राजा हुँ, भन्दै आए पनि
त्यो पनि बन्छ, कमारा विदेशमा ।

तपाईको प्रतिक्रिया