Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान सुरु भएको छ । ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि डेढ घण्टा ढिलोगरी साढे नौ बजेमात्र सुरु भएको थियो ।
निर्धारित समयअनुसार बिहान ८ बजेदेखि मतदान गर्न मतदाता लामबद्ध भएर बसेका थिए । राजधानीको राष्ट्रिय सभागृहमा हुन लागेको उक्त निर्वाचनमा तीन पदाधिकारीसहित ६१ सदस्यका लागि ३१२ जनाले प्रतिस्पर्धा गर्न लागेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरे जानकारी दिनुभयो ।
फागुन २० र २१ गते भएको मनोनयन दर्तामा पदाधिकारीसहित केन्द्रीय सदस्य पदमा ३७५ जनाले उम्मेदवारी दर्ता गराएकामा ६३ जना केन्द्रीय सदस्य पदका उम्मेदवारले मनोनयन फिर्ता लिएका थिए । समितिले प्रकाशन गरेको नामावलीअनुसार सभापति, महामन्त्री र कोषाध्यक्ष पदका १० जना उम्मेदवारमध्ये कसैले पनि नाम फिर्ता लिएका छैनन् ।
सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले समूहसहित प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । तीनै समूहबाट महामन्त्रीमा क्रमश डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सिराहा काँग्रेसका निवर्तमान अध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री उमाकान्त चौधरी र नेता कृष्ण कार्कीले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । पदाधिकारीका सबै प्रतिस्पर्धी समूहगत रुपमा चुनावी मैदानमा उत्रिएका हुन् भने कार्की समूह बिना एक्लै प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसैगरी खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छजना महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्य पदका लागि १३, प्रदेश नं २ मा दुई पदका लागि पाँच, प्रदेश नं ३ मा दुई पदका लागि १८, प्रदेश नं ४ मा दुई पदका लागि नौ, प्रदेश नं ५ मा दुई पदका लागि १०, प्रदेश नं ६ मा दुई पदका लागि पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सातजनाको उम्मेदवारी कायम भएको समितिले जनाएको छ ।
आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२, दलित तीन पदका लागि २०, दलित महिलातर्फ दुई पदका लागि पाँच, मधेसी आरक्षणतर्फ तीन पदका लागि १५, मधेसी महिला दुुई पदका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छजनाको उम्मेदवारी कायम भएको छ ।

तपाईको प्रतिक्रिया