Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले आफ्नो चार वर्षे कार्यकालमा जापान सरकार, जापानी जनता र जापानमा रहेको नेपाली समुदायबाट प्राप्त सहयोग र सद्भावका लागि धन्यबाद ब्यक्त गर्नुभएको छ ।

चार वर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कने पूर्व सन्ध्यामा आयोजित रात्रीभोजसहितको एक भेटघाट कार्यक्रममा बोल्दै राजदूत डा. भट्टराईले गत बैशाखको महाभूकम्प पछि उद्वार तथा राहत र त्यसपछिको पुननिर्माण कार्यका लागि जापानले पुर्‍याएको उल्लेखनीय सहयोगको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । 4कूटनीतिक सेवामा ४२ वर्ष बिताउनुभएका राजदूत डा. भट्टराईले जापानमा रहँदाको चार वर्ष हरेक हिसाबले अत्यन्त महत्वपूर्ण रहेको बिचार ब्यक्त गर्नुभयो ।

चार वर्षे कार्यकाल पुरा गरी राजदूत डा. भट्टराई र उपनियोग प्रमुख तापस अधिकारी स्वदेश फिर्ता हुन लाग्दै गर्दा राजदूत निवास नाकामेगुरोमा रात्रीभोजसहितको भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, जापान नेपाल सोसाइटीका अध्यक्षसमेत रहनुभएका नेपालका लागि पूर्व जापानी राजदूत  मित्सुआकी कोजिमा, नेपालका लागि अर्का पूर्व जापानी राजदूत मिजुनो तेत्सुओ, एनआरएन जापानका अध्यक्ष सुदन थापा लगायतका ब्यक्तिहरुले बोल्नुभएको थियो । 2भौतिक पूर्वाधार तथा यातायात सचिव सहितको एक नेपाली टोली एक सम्मेलनमा भाग लिन अहिले जापानमा छ ।

बिदाई भेटघाट कार्यक्रममा जापानको नेपाली समुदायका बिभिन्न क्षेत्रका नेपालीहरुका साथै जापानी नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राजदूत डा. भट्टराई र उपनियोग प्रमुख अधिकारी आफ्नो चार वर्षको कार्यकाल पुरा गरी अर्को साता स्वदेश फर्कदै हुनुहुन्छ ।

6जापानको लागि अर्को नयाँ राजदूत नियुक्तिको गृहकार्य सुरु भईसकेको भए पनि यकिन नभएको परराष्ट्र स्रोतले जनाएको छ । नयाँ उपनियोग प्रमुखमा भने केही दिन पछि नै परराष्ट्रका गेहेन्द्रराज राजभण्डारी जापान आउंदै हुनुहुन्छ । हरेक हिसाबले अत्यन्त असल मित्र जापान जस्तो महत्वपूर्ण मुलुकका लागि अब कस्तो राजदूत आउने हुन् भन्ने कौतुहुलता जापानबासी नेपालीहरुमा बढ्न थालेको छ ।7

भूकम्पपछिको पुननिर्माणमा जापानको सहयोग जुटाउने, आउँदो वर्ष हुन गईरहेको नेपाल जापान सम्बन्धको साठीऔं वर्षागांठका अवसरमा हुन सक्ने संभावित उच्चस्तरिय भ्रमण आदानप्रदान, नजिकै आईरहेको टोकियो ओलम्पिक र अप्रत्यासितरुपमा जापानमा बढिरहेको नेपालीहरुको संख्या लगायतका संबेदनशील बिषयमा कार्यभार सम्हाल्नुपर्ने भएकोले अब नियुक्ति भएर आउने जापानका लागि नयाँ नेपाली राजदूतको काँधमा अत्यन्त गहन जिम्मेवारीका साथै अवसर र चुनौतीका पहाड छन् ।5राजनैतिक नियुक्तिका हिसाबले सत्तापक्षीय दल नेकपा एमालेको भागमा पर्न सक्ने जापानको राजदूत पदमा एमाले वृत्तका संभावित ब्यक्तिहरुको नाम अहिले चर्चामा भए पनि राजदूत नियुक्ति प्रक्रिया अझै सुरु भईनसकेको बताईन्छ । यस हिसाबले नेपालका लागि सामरिक महत्वको मुलुक जापानको राजदूत पद केही महिना खाली रहने देखिन्छ ।***  फोटो : लवकुमार बुढाथोकी/समुद्रपारि

1 3 8 9 10
1112131416

तपाईको प्रतिक्रिया