दिनभर विविध कार्यक्रम आयोजना
काठमाडौं– ३६ औं पर्यटन दिवसको अवसरमा आइतबार बिहान काठमाडौंमा प्रभातफेरि आयोजना गरिएको छ ।
बिहान साढे ७ बजे काठमाडौंको पर्यटकीय ठमेलबाट निस्किएको प्रभातफेरि नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा पुगेर समापन भएको थियो । प्रभातफेरिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पासहित सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, पत्रकार, सर्वसाधारणलगायतको उपस्थिति थियो ।
प्रभातफेरिमा विभिन्न जातीय झाँकी प्रस्तुत गरिएको थियो ।
पर्यटन बोर्डका अनुसार ३६ औं पर्यटन दिवसको अवसरमा आइतबार दिनभर नै विविध कार्यक्रम आयोजना गरिएको छ ।