Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

2टोकियो – बर्षौ देखि थाँती रहेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी भएको उपलक्ष्यमा जापानमा दीपावली गरी खुशीयाली मनाईएको छ । 6
नेपाली काँग्रेसको भात्तृसंगठन नेपाली जनसम्पर्क समिति, नेकपा एमालेको भात्तृसंगठन प्रवासी नेपाली मञ्च र एनेकपा माओबादीको भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चाको संयुक्त आयोजनामा टोकियोमा आइतवार सांझ दीपावली समारोह गरिएको हो ।

जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो दीपावली समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, त्रिविविका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा लगायतका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति तथा मन्तब्य रहेको थियो । बोल्ने वक्ताहरुले जारी संबिधानको स्वागत गर्दै संबिधानसंगै शान्तिको पनि कामना गर्नुभएको थियो ।

नेपाली जनसम्पर्क समितिका अध्यक्ष नारायणप्रसाद सुबेदीको सभापतित्वमा भएको सो दीपावली समारोहमा प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्का, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष अरुणकुमार श्रेष्ठ, एनआरएनका उपाध्यक्ष देवीलाल भण्डारी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, प्रवासी नेपाली मञ्चका सल्लाहकार शालिकराम भण्डारी लगायतले नेपालको संबिधान जारी भएको खुशीयालीमा सबै नेपालीहरुमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँहरुले संबिधान जारी भएलगत्तै नेपाल नयाँ युगमा प्रवेश गरेको र यसले नेपाली जनतालाई आर्थिक समृद्धितर्फ लैजाने बिश्वास ब्यक्त गर्नुभएको थियो ।

यसअघि दीपावली समारोहमा उपस्थित सबैमा स्वागत गर्दै नेपाली जनप्रगतिशील मोर्चाका उपाध्यक्ष हवलचन्द्र लामाले हजारौं सहिदको बलिदान र बिभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न संबिधान सफल रहोस् भन्ने कामना गर्नुभएको थियो ।

समारोहको अन्तमा सभापति नारायणप्रसाद सुबेदीले नेपाली जनताको ब्यग्र प्रतिक्षापछि आएको संबिधानको स्वागत गर्दै यस खुशीयालीमा सबै नेपालीहरुमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । संबिधान निर्माणमा जसरी राजनैतिक दलहरुले एकता देखाए, त्यसरी नै मुलुकको समृद्धिका लागि दलहरुबिचको एकता कायम रहनुपर्ने बिचार ब्यक्त गर्नुभयो ।***
2Hlama12 71098753411

तपाईको प्रतिक्रिया