Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

फष्ट रनर अपमा मनिषा, सेकेण्ड रनर अपमा राई  (फोटोफिचर)

टोकियो – टोकियोमा आइतवार भएको तीज सुन्दरी प्रतियोगितामा अन्य १२ प्रतिस्पर्धीलाई उछिन्दै स्याम्पी खड्काले तीज सुन्दरी २०१५ को ताज पहिरिन् । प्रतियोगितामा मनिषा खड्काले फष्ट रनर अपको उपाधि हासिल गरिन् भने स्मृति राईले सेकेण्ड रनर अपको बाजी मारिन् ।
11प्रतियोगितामा उत्कृष्ट नृत्याङ्गानाको उपाधि पवित्रा रेग्मीले जितिन् भने सायुरी खड्का (बाल प्रतियोगी) ले लिटिल तीज सुन्दरीको उपाधि जितिन् । यसैगरी बेष्ट पर्फेन्सको उपाधि रेखा भट्टराईले हात पारिन् भने बेष्ट पर्सनालिटीको उपाधि संगीता खत्रीले प्राप्त गरिन् ।

यसैगरी सिमा खड्काले बेष्ट स्माईलिङको उपाधि जितिन् भने गुड्डु आलेले बेष्ट हेयर ड्रेस अपको उपाधि हासिल गरिन् । यसैगरी बेष्ट ड्रेस अपमा इन्दिरा केसी, बेष्ट इन्टेलीजेन्टमा सुफल घिमिरे र बेष्ट फोटोजेनिकको उपाधि रुपिका केसीले बाजी मारे ।

तीज सुन्दरी, फष्ट रनर अप र सेकेण्ड रनर अपलाई प्रतियोगिताको बिजयी घोषित गर्दै ताज पहिराईएकेा थियो भने उत्कृष्ट पुरस्कारले पुरस्कृत गरिएको थियो ।

विभिन्न बिधामा उत्कृष्ट उपाधि हासिल गर्ने प्रतियोगीहरुलाई पनि पुरस्कार तथा फूलको गुच्छाले सम्मान गरिएको थियो । सहभागी प्रियङ्का चोखाल भने बिचमै प्रतियोगिताबाट बाहिरिएकी थिईन् ।

प्रतियोगितामा सहभागीहरुको भेषभूषा, शृङ्गार, ब्यक्तित्व, अभिनय, प्रस्तुतीकरण, प्रतिभा, अतिरिक्त ज्ञान, आत्मबल जस्ता शिर्षकहरुलाई आधार बनाई मुल्याङ्कन गरिएको थियो । तीज सुन्दरी प्रतियोगितामा डा. नम्रता पाण्डे, तिलक मल्ल र बलराम बन्जारा (निराकार) रहेको तीन सदस्यीय निर्णायक मण्डल रहेको थियो ।

टोकियोका केही सक्रिय महिलाहरुको समुहले तीज सुन्दरी प्रतियोगिताको आयोजना गरेका हुन् । जसमा सीता राना र बिष्णु बानियाले संयोजनकारी भूमिका निर्बाह गरेका थिए ।

प्रतियोगिताका लागि रोशन केसी, महेशकुमार श्रेष्ठ, देबेन्द्र भण्डारी, रेशम भण्डारी, दिनेश गुरुङ, सरला बस्नेत, नरबहादुर थापा, अन्जु थापा, मीरा खत्री लगायतका ब्यवसायी तथा ब्यक्तिहरुले प्रायोजना गरेका थिए । आयोजक पक्षको तर्फबाट कार्यक्रमको अन्तमा बोल्दै बिष्णु बानियाले सहभागी सबैमा बधाई ज्ञापन गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगी, प्रायोजक एवं निर्णायक मण्डललाई धन्यबाद ब्यक्त गरिन् ।

जापानमा पहिलोपटक तीज सुन्दरी प्रतियोगिता आयोजना गरिएको हो । यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धेरैजसो सहभागीहरुले सुझाव दिएका छन् ।

महिलाहरुमा जागरण ल्याई उनीहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउन र उनीहरुको ब्यक्तित्व बिकास गर्दै सामाजिक रुपमान्तरणमा सरिक गराउने उद्देश्यले यसप्रकारको कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षको दावी छ । फोटो : एल. बी.  बुढाथोकी ***
1 4 8 9 106

तपाईको प्रतिक्रिया