वन मन्त्रालयमा मनै लोभ्याउने फूल
काठमाडौं– महाभूकम्पले सिंहदरवारका कतिपय मन्त्रालय काम नदिने भएका छन् ।
मन्त्रालयका काम टेन्टमा चलिरहेका छन् । मन्त्री रुखमुनि बसेको फोटो त सञ्चारमाध्यमले प्रकाशित नै गरिसके । तर, एउटा मन्त्रालयमा फूलेको फूलले भग्नावशेष सिंहदरवारलाई सुन्दर बनाएको छ । वन तथा भू–संरक्षण मन्त्रालयमा पुग्ने जोकोहीले एकछिन मन भूलाउँछन् । मन्त्रालयका अनेक रंगका फूलले मन लोभ्याइहाल्छ ।
फूलले छर्ने सुगन्धको त कुरै छाडौँ । सुगन्ध नआए पनि समुद्रपारिका लागि कविराज गिरीले खिचेका फूलको तस्बिर चाँही हेरौँ न त–