Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

राहत संकलन सम्बन्धि गतिविधिको अनुगमन गरिने 

टोकियो – नेपाल भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले अब सार्बजनिक ठाउँमा राहत संकलन कार्यलाई पूर्णतया बन्द गरेको छ ।

समितिको आइतवार भएको सचिवालय बैठकले राहत संकलन गर्ने नाममा विकृति बढेको भन्दै सो कार्यलाई बन्द गर्ने र अन्यत्र भईरहेका यस्ता गतिविधिको पनि सूक्ष्म अनुगमन तथा अध्ययन गर्ने भएको छ । अनुगमनका लागि जापानभरि छरिएर रहेका नेपाली समुदायका उपलब्ध सबै संयन्त्र परिचालन गरिने भएको छ । राहत संकलन कार्य मर्यादित र नियमसम्मत भए नभएको, संकलित राहत रकमको पारदर्शिता, आधिकारिकता बारे जानकारी लिने, सूचना संकलन गर्ने गरी अनुगमन गर्ने भएको हो ।

समितिले एक विज्ञप्ती जारी गर्दै विभिन्न ढंगले राहत संकलन गर्नुभएका ब्यक्ति, समुह, संघसंस्था एवं ब्यवसायिक फ़र्मले इमान्दारितापूर्वक के कति र कुन प्रयोजनका लागि कसले, कहाँ संकलन गरेको हो, नेपाल सरकारको आधिकारिक निकाय नेपाली दूतावास वा यस सहयोग समितिमा बुझाउनु हुन वा सो को जानकारी गराउन सम्बन्धित सबैमा आह्वान गरेको छ ।

भूकम्प पीडितका लागि राहत संकलनका नाममा राष्ट्रकै बेइजत हुने गरी अवाञ्छित क्रियाकलाप बढेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै समितिले त्यसो नगर्न पनि जापानबासी नेपालीहरुमा आह्वान गरेको छ ।

समितिका संयोजक भवन भट्टले एक विज्ञप्ती जारी गर्दै राहत संकलनका नाममा विभिन्न संघसंस्था, समुह, ब्यक्ति, पसलद्वारा जापानका सानाठूला सहर सबैतिर स्टेशनमा उभिएर अपिल गर्ने क्रम फेशनकारुपमा बढ्दै गईरहेकोप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै संकलित रकमको पारदर्शिता, आधिकारिकता र के प्रयोजनका लागि संकलन भएको भन्ने बारे जानकारी गराउन सम्बन्धित सबैमा आह्वान गरिएको हो ।

जापानबासी सिंगो नेपाली समुदायको सामुहिक अभियानको हैसियतले यस्ता गतिबिधिको भविष्यमा जबाफदेही हुनुपर्ने र अभिलेखिकरण गर्नुपर्ने भएकाले जापानका सबै सहरमा भएका राहत संकलन सम्बन्धि गतिबिधिको बिस्तृत जानकारी गराउन विज्ञप्तीमा अपिल गरिएको छ ।

यसैगरी राहत संकलनका लागि जापानका विभिन्न पसल, रेष्टुरेन्टहरुमा बितरण गरिएको चन्दा बाकस कहाँ र के कस्ता अवस्थामा छन् भन्ने बारेमा पनि अनुगमन गर्ने र यहि मे मसान्तसम्म मात्र रहने जानाकारी गराउँदै जुन १ तारिखदेखि संकलन गरिने भएको छ ।

यसैगरी भूकम्प पीडित तथा प्रभावितहरुका लागि नेपाल पठाउने उद्देश्यले संकलित लुगाफाटा, पाल, ड्राई फुड लगायतका राहत सामाग्री विविध कारणवश अहिलेसम्म नेपाल पठाउन नसकिएको तर संभावित एअरलाईन्सहरुसंग प्रयास जारी रहेको भए पनि नेपाल जान लागेका जो कोही ईच्छुक ब्यक्तिलाई राहत सामाग्री लैजान चाहेमा वास्तविक पीडितलाई बितरण गर्ने गरी राहत सामाग्री दिई पठाईने भएको छ । समितिमा संकलन भएका राहत सामाग्री नेपाल लैजान चाहने ईच्छुक जो कोहीले एनआरएन जापानका उपाध्यक्ष सुदन थापा (080-4153-1216) लाई सम्पर्क गर्न सकिने समितिले जनाएको छ ।***

तपाईको प्रतिक्रिया