Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

नागोया – नागोया सहर स्थित खानायामाको एलिक आईटी बिजनेस कलेजमा अध्यनरत नेपाली बिद्यार्थीहरुले एनआरएन जापान मार्फत राहत रकम सहयोग गरेका छन्।

महाभूकम्पबाट प्रभावितहरुका लागि मे १३ तारिखका दिन कलेजमै एक कार्यक्रम गरि एनआरएन जापानका अध्यक्ष पारसमणि पोख्रेललाई ४ लाख पचहत्तर हजार २ सय ६५ येन हस्तान्तरण गरेका छन्।साथै भूकम्पबाट परिवार गुमाउनु परि नेपाल फर्कनुभएका सोहि कलेजको प्रथम बर्षमा अध्यनरत नुवाकोटका बिश्वराज अधिकारीलाई पानि संकलित राहतबाट एक लाख येन सहयोग गरिने भएको छ।

उक्त रकम मदन रेग्मी र निशान राना मगरको संयोजकत्वमा मे ३ देखि ६ तारिखसम्म नागोयाका आसपासका रेल स्टेशनहरुमा र कलेजमा गरि पांच लाख ७५ हजार २ सय ६५ येन राहत संकलन भएको थियो। जसमा करुणप्रसाद काफ्ले, ज्ञानीमाया तामांग बिजय भण्डारी, शर्मिला गुरुङ, केशब श्रीष, मिन थापा, सुरेस पौडेल, झुपा ओली, रिजन घले, सन्जिब तामांग लगायतका बिद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो।
कलेजका प्रिन्सिपल नोरियुकी चूकामोतो, एनआरएनका अध्यक्ष पोख्रेल र प्रोफसर ताकाहासी मिज़ुमोतो अतिथि रहेको उक्त कर्यक्रममा भूकम्पबाट ज्यान गुमाउनुभएका नेपालीहरुको चिरशान्तिको लागि १ मिनेट मौनधारण गरी शोक मनाइएको थियो ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै पोख्रेलले निद्रा, भोक, घाम, पानी केहि नभनी बिद्यार्थीले संकलन गरेको राहत पूर्ण सदुपयोग हुने र हरेक ठाउँबाट एनआरएन जापानको खातामा प्राप्त भएको रकम छिटैनै नेपाल पठाउने साथै जापानबाट अहिलेसम्म २ करोड बिस लाख नेपालको भूकम्प पीडितका लागि पठाईसकेको पनि जानकारी दिए । साथै कार्यक्रममा प्रिन्सिपल चुकामोतो र सयोजक रेग्मीले पनि मन्तन्ब्य राखेका थिए भने उक्त कार्यक्रम निशान राना मगरले संचालन गरेका थिए । ***  IMG_6121 IMG_6139 IMG_6135 IMG_6131 IMG_6129

तपाईको प्रतिक्रिया