राहत सामाग्रीसहित ३ सदस्यीय टोली नेपाल प्रस्थान
फुकुओका – फुकुओकामा रहेका नेपालीहरुको क्रियाशील संस्था फुकुओका नेपाली सोसाइटीले बिनाशकारी महाभूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि राहत संकलन अभियानलाई तिब्रता दिएको छ ।
सो संस्थाले स्थानीय प्रशासन संग अनुमति लिई आउँदो १६ तारिख शनिवार र १७ तारिख आइतवार फुकुओकाको तेन्जिन कहरको पारको, दाइमारु, सोलारिया क्षेत्रमा राहत रकम संकलन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
सो संस्थाले यस अघि गरेको राहत संकलन अभियानबाट ४० लाख येन संकलन भएको सोसाइटीका पूर्व अध्यक्ष भरत गौतमले समुद्रपारिलाई बताउनुभयो ।
यसैगरी सोसाइटीले संकलन गरेको राहत सामाग्री पहिलोचरण वितरणका लागि फुकुओका नेपाल सोसाइटीका बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सिग्देलको नेतृत्वमा ३ सदस्य टोली नेपाल प्रस्थान गरिसकेको सो संस्थाका सचिव भूपेन्द्र पराजुलीले जानकारी दिनुभएको छ । ***