Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौं- बिनाशकारी भूकम्पपछि त्रासका कारण १२ लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छोडेका छन् ।

वैशाख १२ गतेको भूकम्पछि त्रसित सर्वसाधारण केही सामान्य बन्न लागेका बेला मंगलबार फेरि ठूलो भूकम्प जाँदा त्रास बढेको छ ।

घरभित्र बस्न थालेका सर्वसाधारण फेरि खुला ठाउँ खोज्दै पालमुनि पुगेका छन् । ठूलो चाडपर्वमा मात्रै ठूलो संख्यामा उपत्यका छाड्ने गरेका सर्वसाधारण विनाशकारी भूकम्पपछि लर्को लागेर गाउँ फर्किने क्रम बढेको छ ।

विशेष गरी व्यापारिक केन्द्र न्युरोड, दरबारमार्ग, ठमेल, असन, बानेश्वर, कालिमाटीलगायतका स्थान सुनसानजस्तै देखिएका छन् । शैक्षिक संस्था बन्द छन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार गत वैशाख १२ गतेदेखि ३० गतेसम्म १२ लाख ५२ हजार ७ सय ५२ जनाले उपत्यका छाडेका छन् । ***

तपाईको प्रतिक्रिया