Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

Ladies Groupटोकियो – नेपालमा गएको महाभूकम्पबाट पीडितहरूका लागि टोकियोको एक महिला समूहले संकलन गरेको रकम हालै एक कार्यक्रमकाबीच भूकम्प पीडित राहत तथा सहयोग समितिलाई हस्तान्तरण गरिएको छ ।

सो समूहले बिभिन्न मितिमा ट्रेन स्टेशनमा गरेको सार्बजनिक अपिलबाट संकलन गरेको १२ लाख ७० हजार येन सहयोग समितिलाई हस्तान्तरण गरेको हो ।

सो समुहले भूकम्प पीडित राहत तथा सहयोग समितिका अरुणकुमार, श्रेष्ठ, ओम गुरुङ, नरबहादुर थापा, सरोज खत्री, अनिता गुरुङ लगायतका जिम्मेवार ब्यक्तिहरुलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

यसैगरी उक्त समुहले यसअघि नै भूकम्पमा परी ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलनसहितको श्रध्दाञ्जली कार्यक्रम पनि गरेको समुहकी सदस्य सुनिता कायस्थले जानकारी दिनुभएको छ । ***

तपाईको प्रतिक्रिया