Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

टोकियो – टोकियोस्थित नेपाली दूतावासले भूकम्प पीडितका लागि हालसम्म संकलन भएको रकम २ करोड ५८ लाख ३९ हजार ८१ येन नेपाल पर्ठाईसकेको जनाएको छ ।

दूतावासले आजै एक बिज्ञप्ती प्रकाशति गरी उक्त जानाकारी गराएको हो ।

गत बैशाख १२ मा गएको महाभूकम्पका कारण पीडितहरुका लागि राहत स्वरुप राजदूतावासमा संकलन भएको रकम प्रधामन्त्री राहत कोष पठाएको दूतावासले जनाएको हो ।

दूतावासले जापान सरकारका विभिन्न निकाय, प्रिफेक्चरका सरकारहरु, नगरपालिका, विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरु एवं सहृदयी जापानी मित्रहरुले नेपालमा आएको यस विपत्तिको अवस्थामा सहानुभुतिका साथ राहत र पुननिर्माणका लागि आर्थिक सहयोग गर्ने क्रम आज पनि जारी रहेको जनाउँदै जापानी सहृदयी मित्रहरुले स्वयं राजदूतावासमा आई वा नेपाली राजदूतावासले खोलेको भूकम्प पीडित सहयोग कोषमा सिधै रकम जम्मा गरी सो रकम संकलन भएको दूतावासले जनाएको छ ।

यसका साथै बिज्ञप्तीमा जापानमा वस्नुहने नेपालीहरुले समेत भूकम्प पीडितका लागि सहयोगार्थ संकलन गर्नुभएको रकम राजदूतावासमा वुझाउनु भएकोमा हालसम्म प्राप्त भएको जापानी येन गत हप्तासम्म ७,३३९,०८१ र आज जम्मा भएको १८,५००,००० गरी २ करोड ५८ लाख ५९ हजार ८१ येन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाईएको उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ – जापानमा वस्नुहुने नेपालीहरु र सहृदयी जापानी मित्रहरुले स्ततफूर्त रुपमा जापानको विभिन्न ठाउँमा उठाउनुभएको र दिनुभएको रकम उद्देश्य अनुरुप सहि सदुपयोग, समूचित र पारदर्शी रुपमा भूकम्प पीडित दाजुभाइ तथा दिदीवहिनीहरुकोमा पुर्‍याउन नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाउनका लागि नेपाली राजदूतावासमा बुझाई भर्पाइ लिन वा यस राजदूतावासको तल उल्लेखित खातामा रकम जम्मा गरी सोको जानकारी राजदूतावासलाई दिनुहुन सम्वन्धित सवैलाई पुनः हार्दिक अनुरोध गरिन्छ ।

यसरी वुझाइएको वा जम्मा गरिएको रकम प्रधानमन्त्री दैवि प्रकोष राहत कोषमा अविलम्व जम्मा गरिने बिज्ञप्तीमा बताईएको छ ।

नेपाली राजदूतावास, टोकियोको भूकम्प पीडितसहयोग कोषको विवरण
Account holder name: ネパール大使館
Earthquake Fund Name of the Bank: Bank of Tokyo-Mitsubishi UFJ, Meguro Branch Branch No. : 680
Account No. : 0403281
Type of Account: Saving

तपाईको प्रतिक्रिया