नागोया – नेपाल पत्रकार महासंघ जापान शाखाले पनि नेपालमा गएको महाभूकम्पको लागि राहत संकलन अभियान सुरु गरेको छ। नागोया स्थित खानायामा स्टेशनमा आइतवार दिउसो नागोया क्षेत्रमा रहेका नेपाली पत्रकारहरुले राहत संकलन गरेका छन्। जसमा सगरमाथा महिला समुह जापानका प्रतिनिनिधीहरुको पनि सहभागिता रहेको थियो ।
महासंघका सहसचिब बिनोदकुमार सापकोटाको संयोजकत्वमा भएको उक्त राहत संकलन कार्यक्रममा महासंघकी सचिब नारायणी आचार्य, पार्षद कबिकिरण न्यौपाने र सदस्यहरु राजबिन थापा र निशान राना मगरलगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो भने सगरमाथा महिला समुहको तर्फबाट अध्यक्ष राधा थापा, सह-सचिब मालती खत्री र चित्रकुमारी थापाको पनि सहभागिता रहेको थियो।
सो कार्यक्रमबाट ८३ हजार, ८ सय उन्नाईस येन संकलन भएको महासंघकी सचिव नारायणी आचार्यले जानाकारी दिनुभएको छ । यसैगरी महासंघले टोकियोमा पनि बिभिन्न ढंगले राहत संकलन अभियानलाई तिब्र पारेको बताईएको छ ।***