टोकियो – मगर संघ जापानले भूकम्प पीडितहरुका लागि राहत स्वरुप संकलन गरेको रकम २ लाख ५० हजार येन भूकम्प पीडित राहत तथा सहयोग समिति जापानका कार्यवाहक संयोजक रोशन केसीलाई आज हस्तान्तरण गरेको छ ।
आज टोकियो कामातास्थित पूजा रेष्टुरेन्टमा भएको एक कार्यक्रमका बीच मगर संघका अध्यक्ष थानबहादुर राना मगर, संरक्षक नविन थापा मगर, सल्लाहकार ज्योति सुजुकी लगायतले हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा सहयोग समितिका सदस्य डा. राम गिरी, सहयोग समितिका सदस्य एवं स्वयम सेवक परिचालन उपसमितिका संयोजक शरदकुमार गौचन, पत्रकार महासंघ जापानका अध्यक्ष समेत रहनुभएका सहयोग समितिका सदस्य एवं मिडिया उपसमितिका संयोजक तिलक मल्ल, प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष सुरेश केसी, महासचिव कुलचन्द्र खरेललगायतका समाजका जिम्मेवार ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मगर संघ जापानले २ लाख ५० हजार येन र ४ सय ४५ रुंपैया सहयोग समितिलाई हस्तान्तरण गरेको हो । ***