टोकियो – नेपाल भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले हाल सञ्चालन गर्दै आएको चन्दा संकलन कार्यक्रमलाई थप ब्यवस्थित र मर्यादित गर्न तत्सम्बन्धि कार्यतालिका सार्बजनिक गरेको छ ।
कार्यतालिका सार्बजनिक गर्नुका साथै समितिले यो अभियानलाई यही २४ तारिखभन्दा नलम्ब्याउने भएको छ । सार्बजनिक ठाउंमा आर्थिक सहयोगका लागि गरिने अपिल अर्थात बोकिन खाचुदोउ यसै महिनाको २४ तारिख अन्त्य गरिने समितिका कार्यवाहक संयोजक रोशन केसीले जानकारी दिनुभएको छ।
स्वयम सेवक परिचालन उपसमितिका संयोजक शरदकुमार गौचनले जापानको सडकमा चन्दा संकलन गर्नका लागि स्थानिय प्रहरी प्रशासनबाट अनुमति लिएर मात्र चन्दा संकलन गर्न सम्बन्धित सबैमा अनुरोध गर्नुभएको छ ।
यसैगरी समितिले चन्दा संकलनका लागि निम्न मिति र स्थानहरुमा अनुमति लिईसकिएकोले उक्त कार्यक्रममा सामेल भई सहयोग गर्न जापानबासी नेपालीहरुमा समितिले अपिल गरेको छ।
राहत संकलन गरिने मिति मे ६ तारिख (सिन्जुकु) अन्य दिनहरुमा ९, १०, १६, १७, २३ र २४ तारिख दिनको ३ बजे देखि ६ बजे सम्म रहेको छ। राहत संकलनमा सामेल हुन चाहनुहुने महानुभावहरुले अग्रिम नाम दर्ता गराउन पनि अपिल गरिएको छ । इकेबुकुरो, सिन्जुकु, शिबुया, तामाची र सिनागावा स्टेशनहरुम सो कार्यक्रम हुने बताईएको छ ।
कार्यक्रममा सरिक भई सहयोग गर्न चाहने स्वयमसेवकहरु उक्त दिनको १:३० बजे एनआरएन जापानको कार्यलयमा एनआरएन जापानको कार्यलयमा उपस्थित भईसक्नुपर्ने र सम्बन्धित उपसमितिले तय गरेको स्थानमा कम्तिमा १ घण्टा समय दिनुपर्ने बताईएको छ। उक्त कार्यका लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गरी अग्रिम जानाकारी गराउन आग्रह गरिएको छ । ***
(090-2319-0027 शरद, 080-5672-4647 सरोज, 080-3178-2782 तासी, 090-6423-5119 दिपक, 080-6586-5003 लेनिन)